• जेष्ठ ८ २०८३, शुक्रबार

पोखरा लेकसाइडको सेलवेज टावरमा आगलागी

माघ २८ २०७९, शनिबार

 

काठमाडौं। पोखरा स्थित लेकसाइडको सेलवेज टावरमा आगलागी भएको छ । लेकसाइड हल्लनचोकमा रहेको सेलवेज टावरका अन्डरग्राउण्डमा विद्युत सर्ट भइ आगलागी हुँदा त्यहाँ भएका पसल तथा रेष्टुरेन्टमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका हरि पौडेलका अनुसार करिब आधा घण्टा अगाडिदेखि आगलागी भएको हो ।स्रोतका अनुसार बिजुली सर्ट भएपछि आगलागी भएको हो । उक्त भवनमा हिमालयन जाभा, नबिल बैंकको शाखा लगायत पनि रहेका छन्।

क्षतिको विवरण करोडभन्दा माथि नै आउने प्रारम्भिक अनुमान गरिएको छ ।