काठमाडौँ। भारत बिहारका भारतीय कृषि अनुसन्धान परिषद्, एसके चौधरी फाउन्डेशन र बिहार सरकारको संयुक्त आयोजनामा ‘अन्तर्राष्ट्रिय दीगो कृषि विकास, यसका चुनौती र अवसर’ तीन दिवसीय कृषि महोत्समा सुरु भएको छ ।
भारत विहार मधुवनीमा आयोजना सो महत्सोवमा नेपालको तर्फबाट नेपाल फार्मस एडभाइजरी काउन्सिलले सहभागीता जनाएको छ । सो महोत्सवमा नेपाल लगायत विभिन्न ३१ वटा देशका कृषि विज्ञहरुको सहभागिता रहेको छन् ।
फागुन १ गतेसम्म चल्ने सो महोत्सवको मुख्य अतिथि लोकसभाका सहायक प्रमुख महेश्वर हजारी थिए भने भारत सरकारका लघुवित्त मन्त्री नारायण टाटु राने, विहार सरकारका मन्त्री लेसीसी, सञ्यजकुमार झा, समिर कुमार महासेट, शिलाकुमारी मण्डललगायतको सहभागिता थियो ।
नेपाल फार्मस एडभाइजरी काउन्सिलका अध्यक्ष एवं पूर्व कृषि सचिव डा.योगेन्द्रकुमार कार्कीले कृषि, पशुपन्छी तथा मत्स्य प्रसार सेवामा नेपालमा नयाँ आयाम थपिने अपेक्षा गरिएको बताए ।
भारतमा भएका कृषि अभ्यासहरु नेपालमा पनि लागू गर्न सकिने बताउँदै सार्क राष्ट्रहरुले कृषि विकासका सामूहिक रणनीतिक योजनाहरु बनाएर अगाडि बढ्ने धारणा उनले राखे ।
कृषि मन्त्रालयका पूर्वसहसचिव डा.विमलकुमार निर्मलले दीगो विकासका लागि खाद्य सुरक्षाः यसका चुनौती तथा अवसरहरुबारे कार्यपत्र प्रस्तुत गरेका छन् ।