• बैशाख २८ २०८३, सोमबार

रविन्द्र मिश्रबारे विवेकशील साझा पार्टीकी अध्यक्ष बास्कोटाले गरिन् यस्तो टिप्पणी

माघ २७ २०७९, शुक्रबार

काठमाडौं । विवेकशील साझा पार्टीकी अध्यक्ष समीक्षा बास्कोटाले आफ्नो पार्टीलाई राप्रपाकरण गर्न खोज्नेबाट बचाएर महाधिवेशन गर्न सफल भएको बताइन् । शुक्रवार पार्टीको पहिलो महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।

अध्यक्ष बास्कोटाले पार्टीका पूर्वअध्यक्ष एवं राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रप्रति लक्षित गर्दै पार्टी नै सिध्याएर राप्रपाकरण गर्न खोजेपनि आफू लगायतका नेताहरूले पार्टी बचाउँदै निर्वाचन लडेर देखाएको बताइन् ।

उनले विवेकशील साझा पार्टीका नेताहरू अधिकांश दलहरुमा अहिले रहेको भन्दै आफ्नो पार्टीले नेताहरू उत्पादन गरिरहेको बताइन् । उनले पार्टीमा पूर्व अध्यक्षलाई गाली गर्ने आवाज उठेको भएपनि महाधिवेशन गर्नु नै रवीन्द्र मिश्रका लागि गतिलो झापड भएको बताइन् ।

महाधिवेशनबाट उठेर जब विवेकशील साझाले वैकल्पिक साझा राजनीतिक स्थापित गरेसँगै नेता मिश्रलाई पुनः पार्टीमा आउन चाहे बोलाउने गरी पार्टी अघि बढ्ने बताइन् ।

अध्यक्ष बास्कोटाले विवेकशील साझा पार्टी आफैँले बनाउने उद्घोष गर्दै कुनैपनि सेलिब्रेटी पार्टी बनाउन आउनु नपर्ने बताइन् ।