काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपतिमा सबैलाई मान्य हुने पात्रको खोजी गर्नुपर्ने बताएका छन् ।
पार्टी केन्द्रीय समितिलाई भचूअल मार्फत सम्बोधन गर्दै प्रचण्डले कांग्रेस, एमाले, माओवादी तथा सबैलाई मान्य हुने व्यक्ति राष्ट्रपति बनाउनुपर्ने बताए ।
अब राष्ट्रपति र उपराष्ट्रपतिको चुनाव नजिकिँदै गएकाले छिटोभन्दा छिटो सहमति गरेर जानुपर्ने बताएको एक वैकल्पिक केन्द्रीय सदस्यले बताए ।
विगतका राष्ट्रपति रामशरण यादवदेखि विद्यादेवी भण्डारीसम्मले संविधान मिच्दा समस्या भोगेको प्रचण्डले बताए ।
राष्ट्रपति सेरमोनियल भएपनि कार्यकारी भूमिका खेल्न खोज्दा आफ्नो पहिलो सरकार नेकपा सरकार हुँदा भोगेका दुःख र संघर्षका विषयमा समेत अनुभव सुनाए ।
राष्ट्रपतिमा राष्ट्रिय सहमति गर्न एमाले, कांग्रेसलगायत सबै दलहरुसँग छलफल भइरहेको प्रचण्डले बताए । सबै दलको सहमतिमा राष्ट्रपति चयन भएमा संविधान र दलका निम्ति समेत अनुकूल हुने उनले बताए ।