• बैशाख २८ २०८३, सोमबार

नागरिक उन्मुक्तिको अनुपस्थितमा नै सुदूरपश्चिम प्रदेश सभा बैठक सुरु

माघ २६ २०७९, बिहीबार

काठमाडौं। मुख्यमन्त्री राजेन्द्र सिंह रावलले विश्वासको मत लिने प्रयोजनका लागि आह्वान गरिएको सुदूरपश्चिम प्रदेश सभाको बैठक जारी छ ।बैठकमा नागरिक उन्मुक्ति पार्टीका सांसद भने उपस्थित छैनन् । उन्मुक्तिले मुख्यमन्त्री रावललाई विश्वासको मत नदिने निर्णय गरेको छ ।

नागरिक उन्मुक्ति पार्टीले साथ नदिँदा मुख्यमन्त्री रावलले विश्वासको मत पाउन कठिन छ । प्रदेश सभामा एमाले १०, माओवादी केन्द्र (सभामुख )बाहेक १० र राप्रपा १ गरी केवल २१ मत छ। जुन आवश्यक मत २७ भन्दा ६ मतले कम हो । ७ मत रहेको नागरिक उन्मुक्ति पार्टी निर्णायक देखिन्छ ।

पुस २७ गते मुख्यमन्त्री नियुक्त भएका रावलले माओवादी केन्द्र ११, एमाले १०, नागरिक उन्मुक्ति पार्टी ७ र राप्रपा १ को समर्थनसहित मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए । दाबी पेश गर्दा उनलाई २९ सांसदको समर्थन थियो ।