• बैशाख २८ २०८३, सोमबार

प्रधानसेनापति र चिनियाँ राजदूतबीच भेटवार्ता

माघ २६ २०७९, बिहीबार

काठमाडौँ। प्रधानसेनापति र चिनियाँ राजदूतबीच भेटवार्ता भएको छ । बिहीबार सेनापति प्रभुराम शर्मा र नेपालका लागि चिनियाँ राजदूत छन सोङबीच जङ्गी अड्‍डामा शिष्टाचार भेटघाट भएको हो ।

प्रधान सेनापतिको कार्यकक्षमा भएको उक्त भेटघाटमा दुई पक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

यस किसिमको भेटघाटले दुई देशबीच रहिआएको सम्बन्ध थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने विश्‍वास सेनाले लिएको छ ।