• बैशाख २८ २०८३, सोमबार

सरकार बचाउन मुस्किल परेको सुदूरपश्चिम प्रदेशसभा बैठक फेरि सर्यो

माघ २६ २०७९, बिहीबार

काठमाडौं । मुख्यमन्त्रीले सरकार थाम्न नसक्ने अवस्थामा रहेको सुदूरपश्चिम प्रदेशसभाको बैठक सरेको छ । अहिले ११ बजेका लागि तय भएको बैठक ४ बजेसम्मका लागि सारिएको छ ।

निर्णायक मानिएको नागरिक उन्मुक्ति पार्टीले आफ्ना माग पूरा नभएसम्म मत नदिने अडान कायमै राखेपछि सहमतिको प्रयासका लागि बैठक सारिएको जनाइएको छ ।
संविधान अनुसार आजसम्म त्यहाँका मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्नेछ ।

प्रदेशसभा सचिव देवबहादुर बोगटीले बैठक ४ बजेसम्मका लागि सारिएको जानकारी दिए ।