• बैशाख २८ २०८३, सोमबार

माओवादी केन्द्रको कार्यविभाजन पुरानै कायम

माघ २६ २०७९, बिहीबार

काठमाडौं । नेकपा माओवादी केन्द्रले पुरानै कार्यविभाजनलाई कायम राखेको छ ।

कार्यविभाजन अनुसार संगठन विभाग प्रमुखमा जनार्दन शर्मा प्रभाकर नै कायम भएका छन् भने अर्थ तथा केन्द्रीय कार्यालय प्रमुखमा वर्षमान पुनले निरन्तरता पाएका छन् । दुवै उपमहासचिव हुन् ।

त्यस्तै माओवादीले बरियताक्रम पनि छुट्टाएको छ । वरियतामा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पछि वरिष्ठ उपाध्यक्ष‍मा नारायणकाजी श्रेष्ठ, उपाध्यक्षहरुमा कृष्णबहादुर महरा, अग्निप्रसाद सापकोटा, पम्फा भुसाल छन् । महासचिव देवप्रसाद गुरुङपछि उपमहासचिव गिरिराजमणि पोखरेल, वर्षमान पुन, हरिबोल गजुरेल, जनार्दन शर्मा, शक्तिबहादुर बस्नेत र मातृका प्रसाद यादव छन् ।