• जेष्ठ ८ २०८३, शुक्रबार

रविको दोहोरो राहदानीमाथि अनुसन्धान अघि बढ्यो

माघ २६ २०७९, बिहीबार

काठमाडौं । जिल्ला सरकारी वकिल कार्यालयले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दोहोरो पासपोर्ट लिएको विषयको अनुसन्धान अघि बढाएको छ ।

युवराज पौडेल सफलले दिएको निवेदनको आधारमा सरकारी वकिल कार्यालयले रबिको राहदानीको विषयमा अनुसन्धान शुरु गरेको हो ।

जिल्ला सरकारी वकिल कार्यालयका प्रवक्ता अच्युतमणि नेउपानले अनुसन्धान अघि बढाएको पुष्टि गरे। युवराज सफलले प्रहरीले पासपोर्टको अनुसन्धान अघि नबढाएको भन्दै सरकारी वकिल कार्यालयमा उजुरी दिएका थिए। उजुरी आएपछि अनुसन्धान अघि बढाइएको पाइएको छ।

प्रहरी र सिडिओ कार्यालयमा परेको उजुरीका विवरणहरु पनि मगाएर अनुसन्धान अघि बढाइएको बताइएको छ।