• बैशाख २८ २०८३, सोमबार

राष्ट्रपति र उपराष्ट्रपतिको महाअभियोग ३ महिनामा टुंग्याउनुपर्ने प्रस्ताव

माघ २५ २०७९, बुधबार

काठमाडौं। प्रतिनिधिसभाको निमायवली मस्यौदा समितिले राष्ट्रपति र उपराष्ट्रपतिको महाअभियोग ३ महिनाभित्र टुंगो लगाउनुपर्ने प्रस्ताव गरेको छ ।

प्रतिनिधिसभाको नयाँ नियमावली बनाउन भइरहको छलफलमा राष्ट्रपति र उपराष्ट्रपतिको महाअभियोग ३ महिनाभित्र टुंगो लगाउनुपर्ने प्रस्ताव गरिएको हो ।

त्यस्तै प्रधानन्यायाधीश, न्याय परिषदका सदस्य र संवैधानिक निकायका पदाधिकारीविरुद्धको महाअभियोग प्रस्ताव ५ महिनाभित्र टुंगो लगाउनुपर्ने प्रस्ताव समेत गरिएको छ ।

अहिले यो प्रस्ताव सदस्यहरुलाई मात्र तरण गरिएको छ । प्रतिनिधिसभामा रहेका सबै दलको प्रतिनिधि रहेको नियमावली मस्यौदा समितिले महाअभियोगलाई राजनीतिक हतियार बन्न नदिन यसलाई टुंगो लगाउनुपर्ने समय किटान गर्ने विषयमा छलफलको क्रममा रहेको छ ।