• बैशाख २८ २०८३, सोमबार

जनयुद्धको फल कांग्रेसले कुर्सीमा उपरखुट्टी लगाएर खाईरहेको विप्लवको दाबी

माघ २५ २०७९, बुधबार

काठमाडौं। नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले जनयुद्धको फल नेपाली कांग्रेसले उपरखुट्टी लगाएर खाईरहेको टिप्पणी गरेका छन् । आज काठमाडौंमा आयोजित पार्टीको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले भने,‘जनयुद्धको फल चाँही नेपाली कांग्रेसले कुर्सीमा उपरखुट्टी लगाएर खाईरहेको छ । कांग्रेस त जेलमा थियो त, माधव नेपाल, यी केपी ओलीहरु सबै दुलाभित्र पसेका थिएनन् रु हामी हो नि युद्ध गर्ने त, हामी लड्ने माओवादीहरु चाही अपराधी जस्तो, शहीदहरु अपराधीजस्तो, हामी लड्छौं त्यहाँ । कहिले हुन्छ भन्दै हुनुहुन्छ नि पत्रकार ? यसपछि हुन्छ ।’

विप्लवले आफ्नो दल माफीया र दलालहरुको विरुद्धमा जाने पनि खुलासा गरे । उनले दलले मन्त्रीहरु पठाउने र मिडियाले पनि को मन्त्री बन्ने भन्नेमात्रै चर्चा गरेको सुनाए ।