• बैशाख २८ २०८३, सोमबार

सुदूरपश्चिमका मुख्यमन्त्रीलाई विश्वासको मत दिन्नौं : रञ्जिता श्रेष्ठ

माघ २४ २०७९, मंगलवार

काठमाडौं। नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री राजेन्द्र सिंह रावललाई विश्वासको मत नदिने भएको छ ।

अध्यक्ष रञ्जिता श्रेष्ठले आफूहरुको माग पूरा नभएकाले सुदूरपश्चिमका मुख्यमन्त्रीलाई विश्वासको मत नदिने बताएकि हुन् ।

उनले भनिन्, ‘हामी विश्वासको मत दिन सक्दैनौं, किनभने हाम्रो बटमलाइनलाई प्रदेश सरकारले सुनुवाइ गर्ने कुनै संकेत दिएको छैन ।’

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री राजेन्द्र सिंह रावलले बुधबार विश्वासको मत लिँदैछन् ।

२७ पुसमा मुख्यमन्त्री नियुक्त भएका उनले एक महिनाभित्र प्रदेशसभाको विश्वास देखाउन नसकेमा स्वतस् पदमुक्त हुने संविधानको व्यवस्था छ । तर बहुमत पुर्‍याउन ७ सिट रहेको नागरिक उन्मुक्ति पार्टी निर्णायक छ ।