• जेष्ठ ८ २०८३, शुक्रबार

पलको मुद्दामा पुनरावेदन परेको जानकारी दिन आदेश

माघ २३ २०७९, सोमबार

काठमाडौं । बलात्कारको आरोप लागेका नायक पल शाहको मुद्दामा उच्च अदालत पोखराले दुवै पक्षलाई पुनरावेदन परेको जानकारी दिने आदेश गरेको छ । उच्च अदालत पोखराका न्यायाधीश द्वय डिल्लीराज आचार्य र ऋषि राजभण्डारीको इजलासले यस्तो आदेश गरेको हो । यो जानकारी प्राप्त भएपछि अर्को सुनुवाइमा दुवै पक्ष बहसका लागि उपस्थित हुनुपर्ने छ ।

जिल्ला अदालत नवलपुरले बलात्कार मुद्दामा सफाइ र बाल यौन दुव्र्यवहारमा साढे २ वर्ष कैद र १० लाख क्षतिपूर्तिको फैसला सुनाएको थियो । उक्त फैसलाविरूद्ध पल शाह र सरकारी वकिल दुवै पक्षले उच्च अदालत पोखरामा पुनरावेदन दिएका थिए ।

सरकारी वकिल कार्यालयले शाहलाई बलात्कार अभियोगमा सफाइ दिएको फैसला नमिलेको भन्दै पुनरावेदन गरेको थियो । शाहले भने आफूलाई बाल यौन दुव्र्यवहार र क्षतिपूर्ति भराउने फैसलाविरूद्ध पुनरावेदन गरेका थिए ।

दुवै पक्षको पुनरावेदन परेपछि दुवै पक्षलाई त्यसको प्रतिलिपिसहित जानकारी पठाउने आदेश भएको उच्च अदालत पोखराका सूचना अधिकारी तथा उपरजिष्ट्रार विष्णुप्रसाद आचार्यले बताए ।

उनका अनुसार अर्को पेसीमा बहसका लागि आउनका लागि यस्तो सूचना तथा जानकारी गराइन्छ । गत भदौ २१ गते मंगलबार जिल्ला अदालत नवलपुरले उनीविरूद्ध बाल यौन दुव्र्यवहार मुद्दामा फैसला सुनाएको थियो ।