काठमाडौं । काठमाडौंको मिनभवन कमर्स क्याम्पसमा दुई पक्षबीच ढुंगा हानाहान भएको छ । सोमबार दिउँसो कांग्रेसनिकट नेपाल विद्यार्थी संघका दुई समूहबीच ढुंगा हानाहान भएको हो ।
‘अहिले ढुंगा हान्न रोकिएको छ,’ जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले भने,‘८०÷९० जना भेला भएको भनिएको थियो । कसैलाई चोट लागेको खबर छैन ।’ नेविसंघ इकाइ समितिले स्ववियू निर्वाचनबारे छलफल गर्न औपचारिक बैठक बोलाएको थियो ।
अध्यक्ष सरोज तिमल्सिना र समितिका संयोजक भुवन भट्टबीच विवाद उत्पन्न हुँदा ढुंगा हानाहान भएको प्रहरीले जनाएको छ । सोमबार दिउँसो ११ बजेका लागि स्ववियू निर्वाचन विशेष सुझाव संकलन तथा भेटघाट कार्यक्रममा आयोजना गरिएको थियो ।