• बैशाख २८ २०८३, सोमबार

राष्ट्रिय स्वतन्त्र पार्टीका तीन मन्त्रीले दिए राजीनामा

माघ २२ २०७९, आईतवार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका तीनजना मन्त्रीले राजीनामा दिएका छन् । आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा सो पार्टीका तीन जना मन्त्रीले प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष राजीनामा बुझाएका हुन् ।

मन्त्रिपरिषदमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री शिशिर खनाल र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री तोसिमा कार्कीले राजीनामा दिएका हुन् ।

रास्वपाको बसुन्धरामा आइतबार दिउँसो बसेको केन्द्रीय समिति र संसदीय दलको बैठकले सरकारमा रहेका मन्त्रीहरूलाई फिर्ता बोलाउने निणर्य गरेको थियो । उक्त निणर्यसँगै तीन जना मन्त्रीले प्रधानमन्त्री दाहाललाई बालुवाटारमा पुगेर राजीनामा बुझाएका हुन् ।