• बैशाख २८ २०८३, सोमबार

सरकारबारे निर्णय गर्न रास्वपालाई कठिन बन्यो, दोस्रो चरणको बैठक बस्दै

माघ २२ २०७९, आईतवार

काठमाडौं । सरकारबारे निर्णय गर्न बसेको राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठकमा पहिलो चरणको छलफल सकिएको छ । यद्यपी सो पार्टीले निर्णयमा पुग्न कठिन भएको छ ।

पहिलो चरणमा सांसद र केन्द्रिय सदस्यहरुले मिश्रित प्रतिक्रियापछि अहिले दोस्रो चरणको छलफल चलिरहेको छ । केहीले सरकार छाडेर प्रतिपक्षमा बस्नुपर्ने धारणा राखे पनि केही सांसदहरुले भने तत्काल सरकार छाड्न नहुने बताएका छन् ।