• बैशाख २८ २०८३, सोमबार

प्रतिनिधि सभा बैठक जारी, यस्तो छ कार्यसूची (लाइभ)

माघ २२ २०७९, आईतवार

काठमाडौं । प्रतिनिधि सभाको बैठक शुरु भएको छ । आज (आइतबार) दिउँसो १ बजेबाट उक्त बैठक शुरु भएको हो ।

संघीय संसद् भवन नयाँ बानेश्वरमा बसेको बैठकमा एउटा मात्रै सम्भावित कार्यसूची तय गरिएको छ ।

बैठकमा कानुन न्याय तथा संसदीय मामिलामन्त्री ध्रुबहादुर प्रधानले बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ४२ बमोजिमको बाधा अड्काउ फुकाउ आदेश पेस गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।