• जेष्ठ ८ २०८३, शुक्रबार

चार लाख ३५ हजार नक्कली नोटसहित दुई जना पक्राउ, नोट छाप्न प्रयोग गरिने कागज र मेसिन बरामद

माघ २२ २०७९, आईतवार

सिरहा । सिरहामा नक्कली नोटसहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । हिजो (शनिबार) साँझ चार लाख ३५ हजार नोटसहित दुई जनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

सशस्त्र प्रहरीको इन्टेलिजेन्स व्यूरोद्वारा चार लाख ३५ हजार नेपाली नक्कली रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको सिरहा जिल्ला लहान नगरपालिका–८ स्थित पशुपति मावि नजिकको रोडबाट पक्राउ गरिएको हो ।

नक्कली नोटसहित पक्राउ गरेकाहरू सिरहा जिल्लास्थित लाहान नगरपालिका–१९ का ३० का मोहम्मद ओसिन र सोहि नपा १० का २२ वर्षीय मोहम्मद राज शेख रहेका छन् ।

विशेष सूचनाको आधारमा नियन्त्रणमा लिइएका उनीहरूको साथबाट चार सय पैंतिस थान एक हजार दरका नक्कली नोट, नोट बनाउन प्रयोग गरिने कागजको बण्डल, दुई थान मोबाइल सेट, ७ थान सिमकार्ड तथा एक हजार ५५ रुपियाँ समेत बरामद भएको छ ।

उनीहरूलाई बरामद सामानसहित आबश्यक कारबाहीको लागि ईलाका प्रहरी कार्यालय लहानमा बुझाइएको छ ।