• बैशाख २८ २०८३, सोमबार

माओवादी केन्द्रको दुई महिने पार्टी सुदृढीकरण अभियान बिहीबारदेखि शुरू

माघ २२ २०७९, आईतवार

काठमाडौं । सत्तारूढ प्रमुख दल नेकपा (माओवादी केन्द्र)ले दुई महिना लगातार पार्टी सुदृढीकरण अभियान चलाउने भएको छ । वरिष्ठ उपाध्यक्ष तथा प्रवक्त कृष्णबहादुर महराका अनुसार उक्त अभियान यहीँ महिनाको २६ गतेदेखि शुरू गरिने भएको हो ।

माघ २६ गतेदेखि फागुन ५ गतेसम्म प्रदेश समन्वय समिति इञ्चार्जको नेतृत्वमा प्रदेश पदाधिकारीहरूको समन्वय समितिको बैठक बस्ने छ ।

सो बैठकले स्थानीय तहको फिल्डको जिम्मेवारी लिई बुझ्ने छ ।