• बैशाख २८ २०८३, सोमबार

गृह बाहेक अन्य मन्त्रालय लिन रविलाई दाहाल र ओलीको प्रस्ताव, रविले के दिए जवाफ ?

माघ २१ २०७९, शनिबार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीलाई गृह बाहेकको अरु कुनै मन्त्रालय लिन सत्ता साझेदार दलका तर्फबाट एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री दाहालले प्रस्ताव गरेका छन् ।

यस्तै रवि लामिछानेको विषयमा प्रश्न कायमै रहेकाले वैकल्पिक मन्त्रालयमा अन्य नेतालाई पठाउन पनि प्रस्ताव गरिएको स्रोतले बतायो । पछिल्लो समय सभापति लामिछानेले शुक्रबार एमाले अध्यक्ष केपी ओली र शनिबार प्रस्ताव दाहालसँग छलफल गरेका थिए ।

छलफलमा दुबै नेताले रविलाई आफै सरकारमा नजान प्रस्ताव गरेको र गृह बाहेकको मन्त्रालय लिन पनि भनिएको बताइएको छ । यसमा रविले पार्टीमा छलफल गरेर निणर्य लिने जवाफ फर्काएको बताइएको छ । तत्काल सरकारबाट बाहिरिनु भन्दा सरकारमै रहनु पार्टीका लागि पनि हितकर हुने आवाज पार्टीका बहुमत सदस्यको रहेकाले रविले सुरुमा आफू निकटकासँग आन्तरिक छलफल गरेका छन् ।

आन्तरिक छलफल लगत्तै पार्टीको बैठकबाट यसबारे औपचारिक निणर्य गर्ने रास्वपाको तयारी छ । रास्वपाले शनिबार राति साढे ८ बजेपछि केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाएको छ ।

रास्वपाले यसअघि गृह मन्त्रालय नै चाहिने भन्दै त्यसका लागि दुई दिनको अल्टिमेटम दिएको थियो । जुन समय आजै सकिँदैछ । रास्वपाले आजको बैठकबाट गर्ने निणर्यलाई महत्वका साथ हेरिएको छ ।