काठमाडौं । मधेस प्रदेश सरकारका मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । तर, भागबन्डा नमिलेपछि नेकपा (माओवादी केन्द्र) सहभागी भएन । माओवादीले दुईवटा मन्त्रालय मागेको थियो ।
आज अर्थमन्त्री सञ्जयकुमार यादव, शिक्षा, विज्ञान, प्रविधि तथा वाणिज्य मन्त्री महेशप्रसाद यावद, सामाजिक विकास मन्त्री सुरिताकुमारी साह, गृह तथा सञ्चार मन्त्री शत्रुधनप्रसाद सिंह, खानेपानी तथा ऊर्जा विकासमन्त्री सिंहासिङ कलवार, कानुमन्त्री राजकुमार लेखी र महिला बालिकालिका मन्त्री मोहम्मद जयद आलमले शपथ लिएका हुन् ।
यसैगरी सामाजिक विकास राज्यमन्त्रीमा शेख अबुल कलाम आजाद, गृह तथा सञ्चार राज्यमन्त्री केशव राय, कृषि तथा सहकारी राज्यमन्त्री सञ्जय कुमार यादवले पनि शपथ लिए । माओवादीले कुनै मन्त्रालय नपाएपछि गठबन्धनको निरन्तरतामा प्रश्न उठेको छ ।