• जेष्ठ ८ २०८३, शुक्रबार

मौसम पूर्वानुमान: पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली

माघ २० २०७९, शुक्रबार

काठमाडौँ । नेपालमा उल्लेखनीय मौसम प्रणाली नरहे पनि आज पहाडी भूभागमा आंशिक बदली भएको छ।

आज दिउँसोदेखि भोलि दिउँसोसम्म प्रदेश १ र गण्डकी प्रदेशका केही भू-भागमा आंशिक बदलीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

भोलि राति प्रदेश १, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदलीको सम्भावना छ । पर्सि आइतबार भने प्रदेश नं. १, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ।

पर्सि राति देशका पहाडी भूभागमा आंशिक बदलीको सम्भावना रहेको छ।