काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई दुई दिनको समय दिएको छ । तर, दुई दिनपछि पनि आफूहरूका माग पूरा नभए कुनै पनि निणर्य लिनसक्ने चेतावनी दिएको छ ।
बिहीबारको बैठकपछि प्रवक्ता मुकुल ढकालले भने,‘उहाँहरूले दुई दिनपछि पनि राजनीतिक इमान्दारिता देखाउनु भएन भने यसरी नै बैठक बसेर जेसुकै पनि निणर्य लिन सक्छौँ ।’