सप्तरी । सप्तरीका मतदाताले यसपटक अधिकांश नयाँ उम्मेदवारलाई निर्वाचित गराएका छन् । चार प्रतिनिसभा र आड प्रदेशसभा रहेको जिल्लामा १२ मध्ये आठ जना नयाँ उम्मेदवार निर्वाचित भएका छन् ।
सप्तरी(२ बाट जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सिके) राउत पनि पहिलो पटकमै सांसद् बन्दै छन् । राउतले ३५ हजार ४२ मत ल्याउँदा गत निर्वाचनमा यसै क्षेत्रबाट निर्वाचित उपेन्द्र यादवले १६ हजार नौ सय ७९ मतमात्र ल्याए ।
सप्तरी निर्वाचन क्षेत्र नं ३ बाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिनेशकुमार यादव चौथो पटकको प्रयासमा संसद् भवनको टिकट पाएका थिए । यसअघि तीनपटक पराजय भोगिसक्नुभएका यादवले एमालेका ताराकान्त चौधरीलाई पराजित गरे ।
सप्तरी १ (१) बाट एमाले केन्द्रीय सदस्य राजकुमार लेखी प्रदेशसभा सदस्य बनेका छन् भने सप्तरी १ (२)बाट सकिल मियाँ प्रदेशसभा सदस्य बनेका छन् । मियाँ पहिलोपटक संसदीय चुनावमा होमिएको जनमत पार्टीका उम्मेदवार थिए । उनी जिल्ला विकास समिति सप्तरीको सदस्य रहिसकेका छन् ।
निर्वाचित हुने नयाँ अनुहारमा सप्तरी–२ (१) बाट जनमत पार्टीका सतिशकुमार सिंह पनि हथिए । उनी तिलाठी कोइलाडी गाउँपालिकाका निवर्तमान अध्यक्षसमेत हुन् । गत स्थानीय तहको निर्वाचनमा गाउँपालिका अध्यक्षमा उम्मेदवार यहाँ पराजित भएपछि लोसपा परित्याग गरी जनमत पार्टीबाट उम्मेदवार बनेका हुन् ।
सप्तरी–२ (२)बाट जनमत पार्टीका निर्वाचित महेशप्रसाद यादव पनि नयाँ अनुहार हुन् । उनी यसअघिको निर्वाचनमा नेकपा (माओवादी केन्द्र)बाट प्रदेशसभा सदस्यमा उम्मेदवार हुन् ।
सप्तरी ३ (२) बाट विजयी जनमत पार्टीकै शम्भुकुमार साह पनि राजनीतिमा नयाँ हुन् । साथै, सप्तरी ४ (२) सदस्यमा पहिलो पटक निर्वाचित स्वतन्त्र उम्मेवार अनिरुद्धकुमार सिंहले नौ हजार नौ सय ८५ मत प्राप्त गरे ।