• बैशाख २७ २०८३, आईतवार

धनुषा–४ मा एमालेका महासेठ विजयी

मंसिर १३ २०७९, मंगलवार

धनुषा । धनुषा निर्वाचन क्षेत्र नं ४ मा नेकपा (एमाले)का रघुवीर महासेठले ३२ हजार दुई सय ३६ मतप्राप्त गरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

यही मङ्सिर ४ मा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतगणनामा उनले नेपाली कांग्रेसका महेन्द्र यादवलाई १२४ मतले पछि परेका हुन् । यादवले ३२ हजार एक सय १२ मत प्राप्त गर्नुभएको निर्वाचन कार्यालयले जनाएको छ ।