• बैशाख २७ २०८३, आईतवार

सुनसरी-४ मा मतगणना सुरु गर्नका लागि सर्वदलीय बैठक बस्दै

मंसिर १३ २०७९, मंगलवार

सुनसरी ।  मतगणनामा विवाद भएपछि स्थगित भएको  सुनसरी क्षेत्र नम्बर ४ मा मतगणना सुरु गर्नका लागि सर्वदलीय बैठक बस्दै छ।  यो क्षेत्र सञ्चारमन्त्री समेत रहेका कांग्रेस नेता ज्ञानेन्द्र बहादुर कार्कीको क्षेत्र हो। मन्त्री कार्कीले पुनः मतगणना गर्नका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिएका थिए।

मुख्य निर्वाचन अधिकृत अर्जुन अधिकारीका अनुसार केहीबेरमा सर्वदलीय बैठक बस्ने र त्यसपछि मतगणना अघि बढाइने भएको हो। त्यहाँका सम्पूर्ण विवरण उल्लेख गरेर निर्वाचन आयोगलाई मुख्य निर्वाचन अधिकृतको कार्यालयले निवेदन गरेको थियो।

अधिकारीका अुनसार अहिलेसम्म आयोग सोमबार साँझ अबेर मतगणना सुरु गर्न पत्र पठाएको थियो। आयोग पत्र पाएपछि सर्वदलीय बैठक डाकिएको उनले बताए।

निर्वाचन अधिकृतको कार्यालयका कर्मचारीहरुले नेकपा एमालेका उम्मेदवार जगदीश कुसियतसँग मिलेर ६ सय मत गडबडी गरेको आरोप उनले लगाएका थिए।