• बैशाख २७ २०८३, आईतवार

थापाथलीस्थित सुकुम्वासी बस्तीमा डोजर चलाउँदा मेयर बालेनविरुद्ध नाराबाजी

मंसिर १२ २०७९, सोमबार

काठमाडाैं ।  काठमाडौं महानगरपालिकाले थापाथलीस्थित सुकुम्वासी बस्तीमा डोजर चलाएपछि स्थानीयले अवरोध गरेका छन् । महानगरपालिकाले सोमबार बस्ती हटाउन डोजर लिएर गएपछि स्थानीयहरु विरोधमा उत्रेका हुन् ।

त्यसक्रममा उनीहरूले टायर बालेर प्रदर्शनसहित ढुंगामुढा गर्नुका साथै मेयर बालेन साहविरुद्ध चर्को नाराबाजी पनि गरेका छन् ।

उनीहरूले ‘बालेन साह होस् गर, हाम्रो भोट फिर्ता गर । मरे चिहान बाँचे घर, एकता नै हाम्रो भर, गरिब मार्न पाइँदैन । गृहमन्त्री मुर्दावाद, काठमाडौं महानगरपालिका मुर्दावाद’जस्ता नारा लगाउँदै विरोध गरिरहेका हुन् ।