• बैशाख २७ २०८३, आईतवार

केपी ओलीलाई भेट्न बालकोट पुगे प्रकाशमान

मंसिर ११ २०७९, आईतवार

काठमाडौँ l काठमाडौं क्षेत्र नम्बर १ बाट निर्वाचित कांग्रेस सासंद प्रकाशमान सिंहले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका छन् l  आइतबार उनी बालकोटस्थित ओली निवासमा पुगेर भेटेको सिंहको सचिवालयले जनाएको छ।

सचिवालयले उनीहरूबीच भएको भेटघाटको तस्बिर पनि सार्वजनिक गरेको छ।  उनीहरूबीच के-कस्तो कुराकानी भएको खुलेको छैन।