• बैशाख २७ २०८३, आईतवार

जसपाका कार्कीसित ६ हजार मतको अन्तरले माओवादीका मातृका यादव पराजित

मंसिर १० २०७९, शनिबार

काठमाडौँ  ।  धनुषा निर्वाचन क्षेत्र नम्बर १ मा नेकपा (माओवादी केन्द्र)का मातृकाप्रसाद यादव पराजित भएका छन् ।

पाँच हजार ९४८ मतान्तरमा उनलाई जसपाका दीपक कार्कीले पराजित गरेका छन् । कार्कीले २७ हजार ४३१ मत ल्याएका छन् भने मातृकाले २१ हजार ४८३ मत ल्याएका छन् ।

मातृका पाँच दलीय गठबन्धनको साझा उमेदवार थिए भने कार्की जसपा–नेकपा (एमाले) गठबन्धनबाट जसपाका उमेदवार थिए ।

यसअघि ०७४ मा मातृकाको निकटतम प्रतिस्पर्धी कार्की नै थिए । जनमत पार्टीका किसोरी साहले १४ हजार ४६७ र राप्रपाका मनोज मल्लले आठ हजार २८३ मत ल्याए ।