• बैशाख २७ २०८३, आईतवार

राजेन्द्र महतोलाई पछि पार्दै महिन्द्र रायको अग्रता

मंसिर १० २०७९, शनिबार

काठमाडौँ । सर्लाही निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा माओवादी केन्द्रको चुनाव चिह्नबाट लडेका नेसपाका नेता महिन्द्र राय यादवले अग्रता कायम राखेका छन् ।

लोसपाका राजेन्द्र महतोले उनलाई पछ्याइरहेका छन् । हालसम्मको परिणामअनुसार यादवले १८ हजार ६११ मत पाएका छन् ।

त्यस्तै लोसपाका महतोले १७ हजार १३२ मत पाएका छन् । त्यस्तै एमालेका राजनारायण साहले १२ हजार ७०७ मत पाएका छन् ।