• बैशाख २७ २०८३, आईतवार

समानुपातिकमा राप्रपाले पायो काठमाडौंबाट सर्वाधिक मत

मंसिर ९ २०७९, शुक्रबार

समानुपातिकको जारी मतगणनामा राप्रपाले बागमती प्रदेशसभाका लागि काठमाडौंबाट सर्वाधिक मत पाएको छ । शुक्रबार राति साढे बजेको अद्यावधिक विवरणअनुसार राप्रपाले सबै पार्टीलाई उछिन्दै ७२ हजार ४३९ मत पाएको हो ।

राप्रपापछि एमालेले ६७ हजार ६८२ मत पाउँदा कांग्रेसले ६४ हजार ३३४ मत पाएको छ । यसैगरी हाम्रो नेपाली पार्टीले २० हजार ९५०, माओवादी केन्द्रले १६ हजार ४६६ र नेकपा एकीकृत समाजवादी पार्टीले ११ हजार ८९९ मत पाएको छ ।

यस्तै नेमकिपाले ९ हजार १२२ मत पाएको छ । समानुपातिकतर्फ भने काठमाडौंबाट राप्रपाले चौथो लोकप्रिय मत पाएको छ ।