• बैशाख २७ २०८३, आईतवार

आवश्यक परे अरु दलसित गठबन्धन गर्छौं : रवि लामिछाने

मंसिर ९ २०७९, शुक्रबार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अब आवश्यक परेको अवस्थामा आफ्नो पार्टी गठबन्धन गरेर जानसक्ने बताएका छन् । रवि चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित भएका छन् ।

शुक्रबार चितवनमा विजयी भएको प्रमाणपत्र बुझ्दै लामिछानेले चुनावको बेला कसैसँग गठबन्धन नगरे पनि अब आवश्यकताको आधारमा पार्टीले गठबन्धन गर्नसक्ने बताएका हुन् ।

‘चुनावको बेला हाम्रो दलले कसैसँग तालमेल वा गठबन्धन गरेन तर भोलि देश हितका लागि आवश्यक पर्यो भने हामी साथ दिन्छौं,’ उनले भने ।

लामिछानेले आफूलाई जिताएको भन्दै चितवनवासीलाई धन्यवाद दिँदै जनताको विश्वासलाई शिरमा राखेर काम गर्ने जनाए ।