• बैशाख २७ २०८३, आईतवार

शेरबहादुर तामाङलाई फराकिलो मतान्तरले पराजित गर्दै कांग्रेसका बस्नेत विजयी

मंसिर ९ २०७९, शुक्रबार
काठमाडौं ।  सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका मोहनबहादुर बस्नेतले नेकपा (एमाले) का उम्मेदवार शेरबहादुर तामाङलाई पराजित गरेर प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् ।

बस्नेतले ११ हजार ८ सय ७४ मतान्तरले तामाङलाई पराजित गरेका छन्। कांग्रेसका बस्नेतले ३९ हजार तीन सय ६७ तथा एमालेका तामाङले २७ हजार चार सय ९३ मत ल्याएका जिल्ला निर्वाचन अधिकारी विकास रिजालले जानकारी दिए।

सिन्धुपाल्चोक-२ मा कांग्रेसले पहिलोपटक जीत निकालेको हो। तामाङले यसअघि २०७० / २०७४ सालमा यस क्षेत्रबाट निर्वाचन जितेका थिए।