काठमाडौं । नेकपा राष्ट्रिय एकता अभियानका अध्यक्ष वामदेव गौतमले नेकपा एमालेका अध्यक्ष केपी ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई फोन गरेकोमा खुसी व्यक्त गरेका छन् । ओलीले प्रचण्डलाई फोन गर्दै सहकार्यको प्रस्ताव गरेका हुन् ।
यसबारे प्रतिक्रिया दिँदै गौतमले ओलीले प्रचण्डलाई सहकार्यका लागि राखेको दूरदृष्टिपूर्ण प्रस्तावका लागि खुसी व्यक्त गर्दै ओलीलाई धन्यवाद दिएका छन् ।
गौतमले भनेका छन्, ‘कमरेड केपी ओली २०७९ को प्रतिनिधि सभा निर्वाचनमा आफ्नो पार्टीको नेतृत्व गर्दै आफू पनि निर्वाचित हुन सफल हुनुभएकोमा हार्दिक बधाई ज्ञापन गर्दछु । यसका साथै कमरेड प्रचण्डसँग सहकार्यका लागि राख्नु भएको दूरदृष्टिपूर्ण प्रस्तावका लागि खुसी व्यक्त गर्दै हार्दिक हार्दिक धन्यवादसहित सफलताको शुभकामना दिन्छु । ’