• बैशाख २७ २०८३, आईतवार

कैलाली-१ मा नागरिक उन्मुक्ति पार्टीकी रन्जिता श्रेष्ठ विजयी, कांग्रेसका रामजनम चौधरी पराजित

मंसिर ८ २०७९, बिहीबार

काठमाडौं । कैलाली क्षेत्र नम्बर १ मा नागरिक उन्मुक्ति पार्टीकी उम्मेदवार रञ्जिता श्रेष्ठ प्रतिनिधि सभा सदस्य निर्वाचित भएकी छन् ।

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्षसमेत रहेकी श्रेष्ठले ३० हजार चार सय चार मतसहित निर्वाचित भएका हुन् । यहाँ नेपाली कांग्रेसका उम्मेदवार रामजनम चौधरी पराजित भए । उनले १८ हजार ८१ मत ल्याएका छन् ।