काठमाडौं । रोल्पामा नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन प्रतिनिधिसभा सदस्यमा भारी मतका साथ विजयी भएका छन् । उनले निकटतम् प्रतिष्पर्धी एमालेका उम्मेदवार पूर्णबहादुर बुढामगरलाई २५ हजार २२९ मतले पराजित गरेका छन् ।
निर्वाचन आयोगका अनुसार पुन ४१ हजार ७१४ मतका साथ विजयी हुँदा बुढामगरले १६ हजा ४८५ मत ल्याएका छन् । रोल्पामा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका लिला रावल २ हजार ५५६ मतसहित तेस्रो भएका छन् ।
पुन २०७४ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पनि रोल्पाबाटै निकटता् प्रतिष्पर्धी भन्दा दोब्बर बढी मतले विजयी भएका थिए ।
उनले ४२ हजार ८४ मत पाउँदा निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका नेता अमरसिंह पुनले २० हजार ३३७ मत पाएका थिए ।