• बैशाख २७ २०८३, आईतवार

बर्दिया–२ मा जेलमा रहेका रेशम चौधरीका बुवा लालवीर चाैधरी विजयी

मंसिर ७ २०७९, बुधबार

काठमाडौं । बर्दिया क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उमेदवार लालवीर चौधरी विजयी भएका छन् । कैलाली घटनामा संलग्नता भएको आरोपमा रेशम जेलमा छन् । गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का सुरेश पन्थलाई १३६ मतान्तरले पछि पार्दै उनी विजयी भएका हुन् ।

लालवीर चौधरीले २६ हजार ५२० मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी माओवादीका पन्थले २६ हजार ३८४ मत प्राप्त गरे ।
यसैगरी, एमालेका पंकजसिंह राठौरले १६ हजार ९० मत प्राप्त गरे । राप्रपाका विनय रावलले १३ हजार २९२ मत प्राप्त गरे ।

विजयी चौधरी रेशम चौधरीका बुवा हुन् । रेशमको उमेदवारी खारेज भएपछि नागरिक उन्मुक्ति पार्टीले स्वतन्त्र उमेदवारी दिएका लालवीर चौधरीलाई सहयोग गरेको हो ।

क्षेत्र नम्बर–२ मा एक लाख ५२ हजार ६२ मतदाता रहेकोमा ९२ हजार १९९ मत खसेको थियोे । पाँच हजार ३८७ मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ ।