• बैशाख २७ २०८३, आईतवार

काठमाडौं–६ मा रास्वपाका शिशिर खनाल विजयी

मंसिर ७ २०७९, बुधबार

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल निर्वाचित भएका छन् । खनालले १४ हजार २०४ मत ल्याएर निर्वाचित भएका हुन् ।

यस्तै नेकपा एमालेका सर्वेन्द्र खनालले ८ हजार ९११ मत प्राप्त गरी दोसे स्थानमा चित्त बुझाएका छन् भने नेपाली कांग्रेसका भीमसेनदास प्रधानले ८ हजार ८०५ मतका साथ तेस्रो स्थानमा रहेका छन् ।

यसअघि सो क्षेत्रमा भीमसेनदास प्रधान विजयी भएका थिए । यसपल्ट भने प्रधानले तेस्रो स्थानमा चित्त बुझाएका छन् ।