सिन्धुली । सिन्धुली निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा (माओवादी केन्द्र)का लेखनाथ दाहाल विजयी भएका छन् ।
दाहालले २७ हजार ५१७ मत ल्याएर विजयी भए भने उनका प्रतिस्पर्धी नेकपा (एमाले)का मनोजजंग थापाले २१ हजार ६८७ मत ल्याए ।
यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका अनोजकुमार दाहालले १५५३, राप्रपाका भिष्मराज श्रेष्ठले १३४० मत ल्याएका छन् ।