• बैशाख २७ २०८३, आईतवार

काठमाडौँ-७ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुली निर्वाचित

मंसिर ७ २०७९, बुधबार

काठमाडौं । काठमाडौँ-७ बाट प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुली निर्वाचित भएका छन् ।

पराजुलीले ८ हजार ७४३ मत प्राप्त गरेर विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका श्यामकुमार घिमिरेले ६ हजार ८०० मत प्राप्त गरेका छन् ।

त्यस्तै यस क्षेत्रमा गठबन्धनबाट उम्मेदवार बनेकी बाबुराम भट्टराईपुत्री मानुषी यमी भट्टराई ६ हजार ६२ मत प्राप्त गरेर तेस्रो स्थानमा रहेकी छन् ।