• बैशाख २७ २०८३, आईतवार

ललितपुरमा एमालेले खाता खोल्यो, प्रेमबहादुर महर्जन १९,७३४ मतले विजयी

मंसिर ५ २०७९, सोमबार

ललितपुर  । प्रतिनिधि सभा सदस्यमा एमालेले पहिलो जित निकालेको छ । ललितपुर निर्वाचन क्षेत्र नम्बर २ मा एमाले उम्मेदवार प्रेमबहादुर महर्जनले पहिलो जित निकालेका हुन् ।

उनी  १९ हजार ७३४ मत पाएर विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी हाम्रो नेपाल पार्टीका सुदिन शाक्यले १० हजार ४४० मत पाएका छन् ।

एमाले उम्मेदवार महर्जन विजयी भएको र यसबारे केही क्षणमा आधिकारिक रुपमा घोषणा गर्न लागेको निर्वाचन अधिकृत दिपशीखा मुनकर्मीले रातोपाटीलाई जानकारी दिइन् ।