काठमाडौँ । बागलुङ क्षेत्र नम्बर १ मा ७०० मत गणना हुँदा राष्ट्रिय जनमोर्चा एमालेभन्दा पछि परेको छ । एमालेका सूर्य पाठकले २४६ मत ल्याउँदा जनमोर्चाले १३७ मत पाएको छ ।
यहाँ जनमोर्चाबाट सो दलका अध्यक्ष चित्रबहादुर केसी उम्मेदवार रहेका छन् । तेस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीका खिमानन्द कँडेलले २२२ मत पाएका छन् ।
प्रदेशसभा (क) मा ७०० मत गणना हुँदा एमालेले ३२३ मत, कांग्रेसले ३०८ मत पाएको छ । प्रदेशसभा (ख) मा ५०० मत गणना हुँदा एमालेले १३५ मत पाएको छ भने कांग्रेसले ३४७ मत पाएको छ ।