• जेष्ठ ५ २०८३, मंगलवार

रसुवामा यात्रुवाहक बस दुर्घटना, १२ जना घाइते

कार्तिक ११ २०७९, शुक्रबार

काठमाडौं । रसुवा कालिका गाउँपालिका वडा नम्बर २ कटुन्जेमा बस दुर्घटना भएको छ । कालिकास्थानबाट काठमाडौं जाँदै गरेको बा ३ ख ६०३५ नम्बरको यात्रुवाहक बस दुर्घटना हुँदा १२ जना घाईते भएका छन् ।

बसमा करिव ३५ जना यात्रु यात्रारत थिए । घाइते मध्ये २ जनाको अबस्था गम्भीर रहेकाले त्रिशूली अस्पताल नुवाकोट पठाईएको कालिकास्थान प्रहरीका ईन्चार्ज कमल चौलागाईले जानकारी दिए ।