काठमाडौं । नेपाली कांग्रेसले शनिबार चुनावी घोषणापत्र सार्वजनिक गर्ने तयारी गरेको छ। संकल्पपत्र नाम दिइएको चुनावी घोषणापत्र शनिबार बिहान १० बजे सार्वजनिक गर्ने तयारी कांग्रेसले गरेको छ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा शनिबार बिहान प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवाले घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रम तय गरिएको मुख्य सचिव कृष्णप्रसाद पौडलले जानकारी दिए।