• जेष्ठ ५ २०८३, मंगलवार

अब सरकारी कार्यालयहरु सोमबार मात्रै खुल्ने

कार्तिक ११ २०७९, शुक्रबार

काठमाडौं ।  सरकारी कार्यालयहरु सोमबार मात्रै खुल्ने भएको छ ।

कात्तिक ७ गते लक्ष्मीपूजाको दिनदेखि सुरू भएको सार्वजनिक बिदा भाइटीकाको भोलिपल्ट आज शुक्रबार पनि सार्वजनिक बिदा दिएको हो ।

सरकारले आज तिहार पर्वकै रुपमा सार्वजनिक बिदा दिएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिए ।

योसहित यसपटक सरकारले तिहारमा पाँच दिन बिदा दिएको छ । भोलि शनिबारको बिदा र पर्सि छठ पर्वको अवसरमा सार्वजनिक बिदा भएकाले अब सरकारी कार्यालयहरु सोमवार मात्रै खुल्नेछन्।