• बैशाख २७ २०८३, आईतवार

एमालेका पूर्वसांसद यादव लगायतका नेताहरु नेकपा एसमा प्रवेश

कार्तिक १० २०७९, बिहीबार

काठमाडौं । संविधानसभा सदस्य तथा नेकपा एमाले मधेश प्रदेश कमिटी सदस्य जयप्रकाश यादव लगायतका नेताहरु नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् ।

दिपावली तथा छठ पर्वको अवसरमा बाराको परवानीपुरमा आज आयोजित शुभकामना आदान प्रदान एवम् पार्टी प्रवेश कार्यक्रममा यादवकोे नेतृत्वमा पूर्वजिल्ला विकास समिति अध्यक्ष रामविलास चौरासिया, जिल्ला कमिटी सदस्यहरु कृष्ण यादव, हसमुुदिन अन्सारी, मुकेश महतो, शुरेश महतो, किशुुन यादव, नेकमहमद अन्सारी नागेन्द्र यादव, महमद् रफिद, राम प्रवेश, राजेश्वर यादव लगायत एमाले पार्टी परित्याग गरेर नेकपा एकीकृत समाजवादी पार्टी प्रवेश गरेको नेकपा समाजवादीका मधेशप्रदेश कमिटी सदस्य विरेन्द्रप्रसाद साहले जानकारी दिए ।

उनीहरुलाई अध्यक्ष माधवकुमार नेपाल र पूर्व श्रममन्त्री तथा बारा ४ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार किसान श्रेष्ठले टिका लगाएर उनीहरुलाई नेकपा एसमा प्रवेश गराएका थिए ।