• बैशाख २७ २०८३, आईतवार

‘टुरिष्ट’ उमेदवारको प्रलोभनमा परेर नझुक्किन कुन्ती पोखरेलको आग्रह

कार्तिक १० २०७९, बिहीबार

काठमाडौं । राप्रपाकी केन्द्र सदस्य तथा काठमाडौं–२ की उम्मेदवार कुन्ती पोख्रेलले जनता झुक्याउने भयबाट क्षेत्र आफूले जोगाउने बताएकी छन् । बिहीबार बानेश्वरमा आयोजित भाइटीकाको शुभकामना आदनप्रदान तथा देउसीभैलो कार्यक्रममा यस्तो बताएकी हुन् ।

उनले जनतालाई उचित समयमा सही नेतृत्व छनोट गर्नमा पनि जोड दिइन् । ‘यदि यो निर्वाचनमा पनि तपाईंहरु ‘टुरिष्ट’ उम्मेदवारको प्रलोभनमा परेर झुक्किनुभयो भने पाँच वर्ष फेरि पछुताउनुपर्ने छ,’ पोख्रेलले भनिन् ।

उनले यस क्षेत्रबाट पटक–पटक चुनाव जितेर पदमा पुग्दा पनि जनताको काम नगर्ने अनि चुनावका बेला मीठामीठा सपना बाड्नेप्रति जनता बेलैमा सचेत हुनुपर्नेमा जोड दिइन् ।