• जेष्ठ ५ २०८३, मंगलवार

भाइटीका लगाउने उत्तम समय बिहान ११:३७ मा

कार्तिक १० २०७९, बिहीबार

काठमाडौं ।  आज नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन  दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् ।

भाइटीका लगाउने आज बिहान ११ः३७ बजेको अभिजित् मुहूर्तको समय उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले बताए । आज दिनभर भाइटीका लगाउन कुनै समस्या नरहेको उनले सुनाए । राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्ने समितिले जनाएको छ ।

दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ । दिदीबहिनीलाई पूजा गर्नाले  अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको छ ।

समितिले सोमबार विज्ञप्ति जारी गर्दै नेपालका लागि सो समय उपयुक्त भएको जनाएको हो ।