पोखरा । जुवातास खेलिरहेको अवस्थामा २३ जनालाई पक्राउ गरेको छ । यो कास्कीको खबर हो । जिल्लाको पोखरा महानगरपालिका–३० शिशुवा बस्ने यमुना पराजुलीको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने २३ वर्षीय बिनित सुवेदीसहित २३ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो ।
ईलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५ लाख ३१ हजार ९ सय ५० रूपैयाँ र १ सेट कौडासहित पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ । पक्राउ परेकाहरूमाथि प्रहरीले थप अनुसन्धान भैरहेको जनाएको छ ।