काठमाडौं । महिलाको तस्बिर दुरुपयोग गरेको अभियोगमा प्रहरीले एक युवालाई पक्राउ गरेको छ । पीडित महिलाको श्रीमानको जोहरीको आधारमा तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नम्बर ८ का २१ वर्षीय रवीन्द्र भण्डारीलाई प्रहरीले पक्राउ गरेको हो ।
भण्डारीविरुद्ध जाहेरी परेसँगै नेपाल प्रहरीको साइबर ब्यूरोले पक्राउ गरेको हो । काठमाडौं जिल्ला अदालतबाट कात्तिक २ गते पक्राउ अनुमती लिई उनलाई तनहुँ प्रहरीको सहयोगमा पक्राउ गरिएको ब्युरोका प्रवक्ता तथा प्रहरी उपरीक्षक पशुपति कुमार रायले जानकारी दिए ।